राजनीति

विचाराधीन विधेयक फिर्ता नलिइकन अध्यादेश ल्याउन पाइँदैनः अध्यक्ष नेपाल

Banner

काठमाडौँ, फागुन १६-

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता नलिइकन सरकारले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ ल्याउन नपाउने बताउनुभएको छ । भूमिसम्बन्धी अध्यादेश समस्या समाधान गर्नेभन्दा पनि आफ्नाहरूलाई पोस्नका लागि ल्याएको उहाँको आरोप छ ।

जनता समाजवादी पार्टी, नेपालले यहाँ आज आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले भन्नुभयो, “सरकार कानुन र विधिसम्मत ढङ्गबाट चल्नुपर्छ”, भन्नुभयो । उहाँले भन्नुभयो, “सरकारले सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आश गर्ने ठाउँ छैन ।”

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादले भन्नुभयो, “सरकारले यो भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्छ, त्यसो नभए हामी सङ्घर्षमा जान्छौँ ।” सुकुम्वासी भूमिहीनको पहिचान गरी समस्या समाधानका लागि विज्ञसँग छलफल गरेर वैज्ञानिक बाटो अपनाएर सधैँका लागि समस्या समाधान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>