समाचार

शिवरात्रीमा पशुपति क्षेत्रबाट चोरी गरेका १० वटा मोबाइलसहित दुईजना पक्राउ

Banner

काठमाडौं,फागुन १५-

महाशिवरात्री पर्वका अवसरमा बुधबार पशुपति क्षेत्रमा चोरीमा संलग्न दुईजना व्यक्ति पक्राउ परेका छन्। उनीहरूबाट १० वटा मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. २६ गोंगबु बस्ने वर्ष अन्दाजी ३१ को विजय मगर र गोरखाकै बारपाक गाँउपालिका–४ घर भई हाल गोंगबु बस्ने वर्ष ३४ को अभिषेक गुरुङ रहेका छन्।

बालाजु बसन्तनगर गुम्बा नजिक अस्थायी प्रहरी विट गुम्बाबाट गस्तिमा रहेको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरूलाई सोधपुछ तथा चेकजाँचका क्रममा दुवैजना पक्राउ परेका हुन्। हाल प्रहरी वृत्त गौशालामा रहेका उनीहरूमाथि चोरी मुद्दामा अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनीहरूबाट एउटा कालो झोलामा मोबाइल १० थान र नगद रु ४००० बरामद भएको प्रहरीको भनाई छ।

यस्ता छन् बरामद मोबाइल
१.आइटेल कम्पनीको मोबाइन थान-१
२. भिभो कम्पनीको मोबाइल-१‍
३. टेक्नो पोभा लेखिए‌को मोबाइल थाना- १
४. हुम कम्पनीको मोबाइन थान-१
५. हुवावे कम्पनीको मोवाइन थान-१
६. भिभो कम्पनीको मोबाइल थान-१
७. रेड्मी कम्पनीको मोबाइल थान- १
८. सामसङ कम्पनीको मोबाइल थान-१
९. एसीई कम्पनीको कालो रङको सादा मोबाइल थान-१
१०. लाभा कम्पनीलो रातो रहको साठा मोवाइल थान-१

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>