राजनीति
विदेशी ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ गलत : महासचिव पोखरेल

काठमाडौं, फागुन १५-
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको बताएका छन्। बुधबार एमाले उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको पनि उनको तर्क छ। सो अवसरमा उनले राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढी हुँदै गएपछि अवसरवाद जन्मिने गरेका भन्दै त्यसलाई परास्त गर्न विचारलाई बलियो बनाउनुपर्ने पनि स्पष्ट पारेका छन्।
शासन गर्नका लागि मात्र नभई मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि पनि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको उनको तर्क थियो। महासचिव पोखरेलले कुनै पनि सङ्गठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने धारणा राख्दै महासचिव पोखरेलले बलियो साङ्गठनिक शक्ति आवश्यक रहेकोमा जोड दिए। प्रविधि र आधुनिक यन्त्रको प्रयोग गरी देशमा उत्पादन बढाउनुपर्ने उनको तर्क थियो।

























