समाज

अपाङ्गता भएकालाई घरमै नागरिकता

Banner

दमौली (तनहुँ), फागुन १४-

जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएका एक किशोरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । म्याग्दे गाउँपालिका–२ का १८ वर्षीय अपाङ्गता भएका सुजन रानाभाटलाई प्रशासन कार्यालयले मङ्गलबार घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अपाङ्गता भएका व्यक्तिलाई कार्यालयसम्म आउन समस्या हुने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको बताउनुभयो । विसं २०६३ पुस १० गते जन्मिनुभएका सुजन जन्मजात अपाङ्गता हुनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>