राजनीति

छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान

Banner

काठमाडौँ, फागुन १३-

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट वितरण गरिने विभिन्न विषयको छात्रवृत्तिका लागि केही ‘सिट’ खाली रहेकाले आवेदन दिन आह्वान गर्नुभएको छ ।

आज जानकारी लागि भन्दै सामाजिक सञ्जालमार्फत शिक्षा मन्त्रालयले खुलाएको छात्रवृत्तिका लागि आवेदनको आवश्यक सिट सङ्ख्या नपुगेकाले आवेदन दिन उहाँले आह्वान गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो आवेदन दिन सम्बद्ध सबैको ध्यानाकर्षण गर्नुभयो । “शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकामा आवश्यक सङ्ख्या नपुगेका कारण ‘अन्डर ग्र्याजुएट एमबिबिएस’मा एक, ‘पोस्ट ग्र्याजुएट इन्जिनियरिङ’मा सात, ‘एग्रिकल्चर’मा तीन, ‘पिएचडी इन्जिनियरिङ’मा एक, ‘भेटेरिनरी’मा एक, ‘आइटी’मा चार, ‘मेडिकल साइन्स’मा दुई र ‘कन्जरभेसन’मा एक जनाको सिट अझै खाली रहेको सूचना पाएको छु । खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो (एक–दुई दिनभित्रै) आवेदन दिनुहोला,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत अनुरोध गर्नुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>