समाचार
प्रहरी कुट्ने विद्यार्थी नेता धरौटी बुझाएर छुटे
०

काठमाडौं,फागुन १२-
ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेता धरौटी बुझाएर छुटेका छन्। सोमबार जिल्ला अदालत काठमाडौँले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको हो। न्यायाधीश हर्कबहादुर केसीको इजलासले रमेश फुलारालाई १५ हजार तथा कमलराज जोशी, नवीनसिंह ऐर, गोपालबहादुर शाही र दिनेश सिग्देल १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
उनीहरूले गत माघ २४ गते राति ठमेलमा प्रहरीलाई कुटपिट गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























