राजनीति
पूर्वराजा ज्ञानेन्द्रलाई सांसद न्यौपानेको चुनौतीः सत्तामा नै फर्किने चाहना छ भने ०८४ को चुनाव लडेर आउनुहोस्
०

काठमाडौं, फागुन ११-
नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर संसदमा आउन चुनौती दिएकी छन् ।
आइतबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले सत्तामा फर्किने मन भए चुनाव लडेर आउन आह्वान गरिन् ।
‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्’ उनले भनिन् ।
पूर्वराजाका समर्थकलाई पनि यही बाटो अवलम्बन गर्न उनको आह्वान छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























