राजनीति
कांग्रेस–माओवादीले सकेसम्म हामीलाई उपयोग गरे: माधव नेपाल
०

काठमाडौं, फागुन ९-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् पुनर्स्थापनापछि बनेको सरकारका सहयात्रीहरूले आफूहरूलाई उपयोग गरेको बताएका छन् ।
आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तात्कालीक कार्ययोजना स् आन्दोलनद्वारा पार्टी निर्माण’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्दै नेपालले यस्तो बताएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतले त्यसलाई उल्टाउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । त्यसरी बनेको सत्ता गठबन्धनकै दलहरूले आफूहरू सकेसम्म उपयोग गरेको नेपालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























