राजनीति
स्ववियु निर्वाचनमा रास्वपाको उम्मेदवार नहुने
०

काठमाडौं, फागुन ८-
त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा आउँदो चैत ५ गते सम्पन्न हुनगइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा रास्वपा सहभागी नहुने भएको छ । निर्वाचनमा विशुद्ध विद्यार्थीहरू मात्र संलग्न हुनुपर्ने र शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकोले उक्त निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार नहुने रास्वपाका कार्यबाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । उनले निर्वाचनमा पार्टीको कुनै संलग्नता समेत नरहने बताए ।
उक्त विद्यार्थी युनियनको चुनावलाई स्वस्थ रुपमा सञ्चालन गर्न सम्बन्धित सबैमा अपील समेत रास्वपाले गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























