राजनीति

भारत जाँदै देउवा

Banner

काठमाडौं, फागुन ७-

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भोलि (बिहीबार) भारत जाँदैछन् ।

उत्तर प्रदेशको प्रयागराजमा हुने कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटीमा सहभागी हुन देउवा त्यसतर्फ जान लागेका हुन् ।

सो कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुनेछन् । साथै, विभिन्न देशका राजनीतिज्ञहरु पनि उक्त कार्यक्रममा सरिक हुनेछन् ।

देउवाले महाकुम्भमा स्नान गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यसपछि उनी त्यहाँबाटै नयाँ दिल्लीतर्फ जाने उच्च स्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारतसँग सम्बन्ध चिसिएको बेलामा देउवा दिल्ली जाने तयारीलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>