राजनीति

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर देखेर दुनियाँ हाँस्योः सुदन किराती

Banner

काठमाडौं, फागुन ६-

नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले संसदमा नागरिकको एजेण्डाले स्थान पाउन छाडेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै हिजो ओडिसा घटनाबारे सांसदहरूलाई बोल्न प्रतिबन्ध लगाएको आरोप लगाए ।

उनले भने, ‘अहिले सदनमा जनताको एजेण्डाले स्थान पाउँदैन, बरु मिडिया खपतको लागि आरोप-प्रत्यारोप, गर्ने दुर्व्यसनीको अड्डाजस्तै बनेको छ । केही दिनअघि प्रधानमन्त्रीसँग भएको सवालजवाफमा हाम्रो कुरुप चित्र देखेर दुनियाँ हास्यो । सायद सभामुखलाई पनि भित्रभित्रै लज्जाबोध भइराखेकै होला ।’

उनले आज मुलुकलाई अराजकता नभई धैयर्ता, संयमता र उच्च त्यागको आवश्कता परेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>