राजनीति

नेपालको दाबी- उत्तर कोरियासँग ट्रम्प र दक्षिण कोरियाको वार्ता हुनुमा मेरो योगदान छ

Banner

काठमाडौं, फागुन ४-

उत्तर कोरिया र अमेरिकाका राष्ट्रपति तथा उत्तर र दक्षिण कोरियाका राष्ट्रपतिबीचको भेटवार्ता हुनुमा आफूले पनि योगदान गरेको एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दाबी गरेका छन् ।

समाजवादी प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘अमेरिका रिसाउँछ, जापान र दक्षिण कोरिया रिसाउँछन् भनेर केपी ओलीले उत्तर कोरिया भ्रमण जान दिएनन् । त्यसपछि तिनै देशका राजदूतले मकहाँ आएर रोक्न खोजे, तर म कसैको कुरा नसुनी गएँ । म गएर त्यहाँका नेताहरुसँग भेट गरेँ । म फर्केर यता आएपछि अचम्मै भयो । दक्षिण र उत्तर कोरियाका राष्ट्रपतिहरुबीच भेटघाट भयो । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका राष्ट्रपतिबीच सिंगापुरमा भेटवार्ता भयो । पछि तिनै देशका राजदूत फेरि मकहाँ आएर गजब पो भएछ भने । के जादू भयो पनि भने । किनभने विश्व शान्तिको सन्दर्भमा हामीले पनि केही भूमिका खेल्न सक्छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>