अन्तर्राष्ट्रिय
नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा १७ महाकुम्भ यात्रीको मृत्यु, २५ बढी घाइते
०

काठमाडौँ, फागुन ४-
शनिबार राति करिब ९:२६ बजे भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा १७ जनाको मृत्यु भएको छ। जसमध्ये १० महिला र ३ बालबालिका छन्। २५ भन्दा बढी घाइते भएका छन्। लोक नायक जय प्रकाश अस्पतालले मृत्युको पुष्टि गरेको छ।
दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो। महाकुम्भ जानका लागि दिउँसो ४ बजेदेखि नै स्टेशनमा भीड जम्मा हुन थालेको थियो। राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिलो भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चिएको थियो।
सुरुमा उत्तरी रेलवेका सीपीआरओ (प्रमुख जनसम्पर्क अधिकारी) ले भागदौड भएको कुरालाई अस्वीकार गरेका थिए। उनले यो केवल हल्ला मात्र भएको बताएका थिए।