देश/प्रदेश

मंसिर महिनाले १२ राशिका लागि के–कस्तो फल दिँदैछ? हेर्नुहोस् विस्तृत मासिक राशिफल

०
Banner

काठमाडौँ,मङ्सिर १-

२०८३ साल मंसिर महिनाको राशिफल

मेष
(चू, चे, चो, ला, लि, लू, ले, लो, अ) मेष राशि हुनेहरूका लागि सूर्य कष्ट भावमा, बुध १६ गतेसम्म व्यापार भावमा र १७ गतेबाट कष्ट भावमा, शुक्र व्यापार भावमा तथा मङ्गल र बृहस्पति सन्तान भावमा गोचर गरिरहेका छन्। शनि खर्च भावमा गोचर गरिरहेका छन्। माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले राजनीति तथा कल्याणकारी क्षेत्रमा जनताको सामु कमजोर उपस्थिति रहनेछ। स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ भने दिदीबहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुनेछ । सवारीसाधनको प्रयोग गर्दा वा घरजग्गाको कारोबार गर्दा ध्यान दिनुहोला। अनावश्यक खर्च बढ्ने तथा विदेश जान खोज्दा रुपैयाँ९पैसा फस्न सक्छ, ख्याल गर्नुहोला ।

वृष
(ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) वृष राशि हुनेहरूका लागि सूर्य व्यापार भावमा, बुध १६ गतेसम्म प्रतिस्पर्धा भावमा र १७ गतेबाट व्यापार भावमा, शुक्र प्रतिस्पर्धा भावमा तथा मङ्गल र बृहस्पति सुख भावमा गोचर गरिरहेका छन्। शनि लाभ भावमा गोचर गरिरहेका छन्। माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा वृष राशि भएका मानिसहरूका लागि यो महिना ग्रहहरूको अनुकूल प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन रहनेछ। छोटो वा लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ। शुभ तथा माङ्गलिक सभा–समारोहमा आफन्त तथा साथीहरूसँग सहभागी भई मिठा परिकार खाँदै रमाइलो गफ गरेर महिना कटाउन सकिनेछ। अग्रज तथा आफन्तको आशीर्वादले अगाडि बढ्न प्रोत्साहन गर्नेछ ।

मिथुन
(का, की, कू, घ, ङ, छ, के, को, हा) मिथुन राशि हुनेहरूका लागि सूर्य प्रतिस्पर्धा भावमा, बुध १६ गतेसम्म सन्तान भावमा र १७ गतेबाट प्रतिस्पर्धा भावमा, शुक्र सन्तान भावमा तथा मङ्गल र बृहस्पति पराक्रम भावमा गोचर गरिरहेका छन्। शनि कर्म भावमा गोचर गरिरहेका छन् । मिथुन राशि भएकाहरूका लागि यो महिना उत्तम रहेको छ। छैटौँ भावमा महिनाभर नै गोचर गर्ने सूर्यले साहसी काम गरेर अरूको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरू पनि सहयोगी बन्नेछन्। नोकरीमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अग्रस्थानमा आउनेछ। अदालत तथा न्यायालयबाट हुने निर्णयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न हुनेछ। औद्योगिक क्षेत्र तथा सेयर बजारमा लगानी बढाई आम्दानी गर्न सकिनेछ। राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तिको योग रहेको छ। मातापिता तथा आफन्तबाट आशीर्वाद पाइनेछ भने बाधा–विरोध गर्नेहरू आफैँ किनारा लाग्नेछन्।

कर्कट

(ही, हू, हे, हो, डा, डी, डु, डे, डो) कर्कट राशि हुनेहरूका लागि सूर्य सन्तान भावमा, बुध १६ गतेसम्म सुख भावमा र १७ गतेबाट सन्तान भावमा, शुक्र सुख भावमा तथा मङ्गल र बृहस्पति धन भावमा गोचर गरिरहेका छन्। शनि भाग्य भावमा गोचर गरिरहेका छन्। माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना कर्कट राशि हुनेहरूका लागि मिश्रित समय रहेको छ। सन्तान तथा विद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ। अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिए पनि प्रविधिको प्रयोग गरी सुधार गर्न सकिनेछ। पेट, आँखा तथा हड्डीमा समस्या आई औषधोपचार खर्च बढ्नेछ। तर पनि महिनाभर नै बुध, शुक्र, बृहस्पतिलगायत अन्य ग्रहको अनुकूल प्रभावले तथा राज्य संयन्त्रको नजिक, जस्तै निजामती, फौजी तथा संस्थान र निजी कम्पनीहरूमा काम गर्नेहरूका लागि समयले साथ दिनेछ। लेखनकलाको माध्यमबाट आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ।

सिंह

(मा, मी, मू, मे, मो, टा, टी, टू, टे) सिंह राशि हुनेहरूका लागि सूर्य सुख भावमा, बुध १६ गतेसम्म पराक्रम भावमा र १७ गतेबाट सुख भावमा, शुक्र पराक्रम भावमा तथा मङ्गल र बृहस्पति राशि भावमा गोचर गरिरहेका छन्। शनि कष्ट भावमा गोचर गरिरहेका छन्। माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा महिनाभर सूर्यको प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै मेहनत गर्नुपर्नेछ। राजनीतिकर्मी, समाजसेवी तथा घरजग्गाको कारोबार गर्ने व्यापारीहरूका लागि समय मध्यम रहेको छ। आफ्नो वा आमाको स्वास्थ्यमा समस्या आउन सक्छ, ध्यान दिनुहोला। हड्डी र मुटुमा समस्या आउने तथा शरीरमा क्याल्सियमको कमी हुन सक्छ। खर्च बढ्ने तथा वैदेशिक रोजगारसम्बन्धी काममा बिचौलियाको चङ्गुलमा परिनेछ। शनिको अढैया दशाको प्रभाव महिनाभर रहनेछ। जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागि खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला।

कन्या

(टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) कन्या राशि हुनेहरूका लागि सूर्य पराक्रम भावमा, बुध १६ गतेसम्म धन भावमा र १७ गतेबाट पराक्रम भावमा, शुक्र धन भावमा तथा मङ्गल र बृहस्पति खर्च भावमा गोचर गरिरहेका छन्। शनि व्यापार भावमा गोचर गरिरहेका छन् । कन्या राशि भएका व्यक्तिहरूका लागि यो महिना राम्रो रहेको छ। राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागि समय उत्तम रहेको छ। खेलाडी तथा पराक्रमी क्रियाकलापमा समय लगानी गर्नेहरूले प्रशस्त धन तथा सम्पत्ति सङ्ग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन्। ठेक्कापट्टा, कन्स्ट्रक्सन, निर्माण सामग्री, औषधिजन्य सामान तथा अटोपार्ट्सको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ। शुक्रको शुभ प्रभावले घरजग्गा तथा सवारीसाधन प्राप्ति हुनेछ भने वंश वृद्धिको योग रहेको छ ।

तुला

(रा, री, रु, रे, रो, ता, ती, तू, ते) तुला राशि हुनेहरूका लागि सूर्य धन भावमा, बुध १६ गतेसम्म राशि भावमा र १७ गतेबाट धन भावमा, शुक्र राशि भावमा तथा मङ्गल र बृहस्पति लाभ भावमा गोचर गरिरहेका छन्। शनि प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् । धन भावमा गोचर गरिरहेको सूर्यको प्रतिकूल प्रभावले आउने अवसरहरूलाई पहिचान गर्न नसक्दा उपलब्धि हातबाट फुत्किनेछ। धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ, ध्यान दिनुहोला। टाउको, आँखा, पेट तथा छातीसम्बन्धी समस्याले नसताउला भन्न सकिन्न। होटल तथा रेस्टुरेन्टको क्षेत्रमा मन्दी आउनेछ । तर पनि बुध, शुक्र, मङ्गल र बृहस्पतिको प्रभावले प्राकृतिक स्रोतसाधनको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ।

वृश्चिक

(तो, ना, नी, नू, ने, नो, या, यी, यू) वृश्चिक राशि हुनेहरूका लागि सूर्य राशि भावमा, बुध १६ गतेसम्म खर्च भावमा र १७ गतेबाट राशि भावमा, शुक्र खर्च भावमा तथा मङ्गल र बृहस्पति राज्य भावमा गोचर गरिरहेका छन्। शनि सन्तान भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना वृश्चिक राशि हुनेहरूका लागि समय मध्यम रहेको छ। खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार–व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ। आफन्त तथा अग्रजहरूसँग सानो–सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरू समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ, ध्यान दिनुहोला। सन्तान भावमा शनिको प्रतिकूल गोचरका कारण सन्तानसँग मनमुटाब बढ्ने वा छोराछोरीसँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । तर पनि बुध, शुक्र, बृहस्पति र मङ्गलको अनुकूल प्रभावले परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागि समयले साथ दिनेछ। नयाँ काम पाइने वा नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ।

धनु
(ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) धनु राशि हुनेहरूका लागि सूर्य खर्च भावमा, बुध १६ गतेसम्म लाभ भावमा र १७ गतेबाट खर्च भावमा, शुक्र लाभ भावमा तथा मङ्गल र बृहस्पति भाग्य भावमा गोचर गरिरहेका छन्। शनि सुख भावमा गोचर गरिरहेका छन्। माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धनु राशि हुनेहरूका लागि व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ। खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले औषधोपचार खर्च बढ्नेछ। राज्यको नजिक रही काम गर्नेहरूले काममा ढिलासुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड–जरिवाना तिर्नुपर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियमसंगत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नुपर्नेछ। शनिको अढैया दशाको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागि खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला। शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नसा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला।

मकर

(भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) मकर राशि हुनेहरूका लागि सूर्य लाभ भावमा, बुध १६ गतेसम्म राज्य भावमा र १७ गतेबाट लाभ भावमा, शुक्र राज्य भावमा तथा मङ्गल र बृहस्पति कष्ट भावमा गोचर गरिरहेका छन्। शनि पराक्रम भावमा गोचर गरिरहेका छन्। माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा मकर राशि हुनेहरूका लागि यो महिना केही छिटपुट नराम्रा घटना बाहेक उत्तम रहेको छ। महिनाभर लाभ भावमा गोचर गर्ने सूर्य र अन्य ग्रहको अनुकूल प्रभाव रहनेछ। समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाइ बढ्नेछ। राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ भने मान–सम्मान, इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ। प्राकृतिक स्रोतसाधन जस्तै खनिज पदार्थ, तरल पदार्थको कारोबारबाट मनग्गे धन सम्पत्ति आर्जन गर्न सकिनेछ। आकस्मिक लाभ तथा आभूषण प्राप्तिको गतिलो योग रहेको छ। लामो दूरीको शैक्षिक यात्राको योग रहेको छ। बुध, शुक्र तथा शनिको अनुकूल प्रभावले तपाईंको कार्यकुशलताको सबैले तारिफ गर्नेछन्। कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ति लाभ हुने ग्रहयोग रहेको छ। मेलमिलाप तथा भाइचाराको सम्बन्ध स्थापनामा तपाईंको भूमिका महत्त्वपूर्ण हुनेछ।

कुम्भ

(गू, गे, गो, सा, सी, सू, से, सो, दा) कुम्भ राशि हुनेहरूका लागि सूर्य राज्य भावमा, बुध १६ गतेसम्म भाग्य भावमा र १७ गतेबाट राज्य भावमा, शुक्र भाग्य भावमा तथा मङ्गल र बृहस्पति व्यापार भावमा गोचर गरिरहेका छन्। शनि धन भावमा गोचर गरिरहेका छन्। माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना कुम्भ राशि हुनेहरूका लागि समय मिश्रित रहेको छ। महिनाभर राज्य भावमा गोचर गर्ने सूर्यले राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरूले उच्च पद पाउने गतिलो योग रहेको छ। प्रशासनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुने हुँदा मान–सम्मान तथा इज्जत–प्रतिष्ठामा वृद्धि भएर जानेछ। नीति निर्माण तहमा तपाईंको सम्मानजनक उपस्थिति रहनेछ भने यो महिना गरिने निर्णयहरू सबैलाई मान्य हुनेछ। नोकरी पाउने तथा पदोन्नतिको गतिलो योग रहेको छ। बुध, शुक्र, मङ्गल तथा बृहस्पतिको अनुकूल प्रभावले घरजग्गा तथा सवारीसाधन जोड्न सकिनेछ। पढाई लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ भने राजनीति शास्त्र अध्ययन गर्नेहरूका लागि समय राम्रो रहेको छ। पतिपत्नीबिचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो कसिलो भएर जानेछ। कला, साहित्य तथा गीतसङ्गीतमा विशेष रुचि बढ्नेछ। पारिवारिक जमघटमा सहभागी भई मिठोमसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ।

मीन

(दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) मीन राशि हुनेहरूका लागि सूर्य भाग्य भावमा, बुध १६ गतेसम्म कष्ट भावमा र १७ गतेबाट भाग्य भावमा, शुक्र कष्ट भावमा तथा मङ्गल र बृहस्पति प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन्। शनि राशि भावमा गोचर गरिरहेका छन् । भाग्य भावमा महिनाभर नै गोचर गर्ने सूर्यको प्रतिकूल प्रभावको कारणले घर गृहस्थीमा व्यावहारिक कुरा नमिल्दा केही असहज परिस्थितिको सिर्जना नहोला भन्न सकिन्न। औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित व्यापारमा वृद्धि भए पनि अन्य व्यापारमा मन्दी आउनेछ। शनिको मध्य साढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले र जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई श्वासप्रश्वास, आँखा तथा टाउकोसम्बन्धी समस्या आउने सम्भावना रहेको छ। दीर्घ रोग जस्तै प्रेसर, सुगरजस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला। भौतिक सम्पत्ति वा सवारीसाधनको प्रयोग गर्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न। व्यापार भावमा केतुको प्रभावले व्यापारमा सामान्य मन्दी आउनेछ। श्रीमान्–श्रीमतीबिच घरायसी कुरा नमिल्दा सामान्य मनमुटाब सिर्जना नहोला भन्न सकिन्न। तर पनि सङ्घर्षका बाबजुद राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि राज्यबाट पद प्राप्तिको योग रहेको छ। सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>