राजनीति

सिंहदरबारमा सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक

Banner

काठमाडौं, फागुन ४-

सत्तापक्षका दलका प्रमुख सचेतकहरूको छलफल सिंहदरबारमा जारी छ।

उनीहरूबीच सरकारले ल्याएका अध्यादेशहरूका विषयमा छलफल भइरहेको जनाइएको छ।

सरकारले ल्याएका अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल हुने भइरहेको हो। छलफलमा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलालगायत सहभागी छन्।

यसअघि शनिबार सत्तारुढ दलहरूले भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेशलाई सदनमा अघि बढाउने निर्णय गरेका थिए।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकअघि सचेतकहरू छलफलमा जुटेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>