राशिफल

आज २०८१ साल माघ २९ गते मंगलवार, यस्तो छ तपाईको राशिफल

Banner

चितवन, माघ २९-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चल अचल सम्पत्तिमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आफन्तहरूसँगको मनमुटाव सुल्झिनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। गृहणीहरूको सौन्दर्य वस्तुमा धन खर्च हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक सद्भाव बढ्नेछ। कार्यक्षेत्रमा प्रतिभाको सम्मान हुनेछ। बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा कार्यलाई आफ्नो अनुरूप अगाडी बढाउनुहोस्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। नोकरी वा पेशामा तारिफ योग्य कामले प्रशंसा बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कीर्तिमान कार्यले गर्दा जस मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीको भने जस्तो सहयोग नमिल्ला। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायबाट मनग्य लाभ प्राप्त हुनेछ। कला र व्यक्तित्वलाई निखार्ने समय रहेको छ। कार्यक्षेत्रमा गुप्त कुराहरू शेयर नगर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा लोकप्रियता हासिल गर्न सकिनेछ। आँटेको कार्यसम्पादन हुनेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। विभिन्न भौतिक वस्तु जुटाउनमा धन खर्च हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसम्मानमा वृद्धि हुनेछ। छरछिमेकीसँगको मनमुटाव सुल्झिनेछ। कृषि र ठेकापट्टाबाट लाभ मिल्नेछ। लगनशीलताले कार्यक्षेत्रमा प्रशंसा मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जमघटको बीचमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। आवश्यकता नभए सम्म सल्लाह दिनदेखि बच्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सानो प्रयत्नले दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। टाढाका इष्टमित्रसँगको भेटघाटले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा प्रतिक्षा गर्दा सकारात्मक परिणाम मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक कार्यको सम्बन्धमा विशिष्ट व्यक्तिहरूको साथ मिल्नेछ। रोकिएको कार्य सम्पादित हुनाले नयाँ कार्यतर्फ अग्रसर हुन सकिनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उच्च महत्वकांक्षी कार्यको पूर्तिको लागि योजना बनाएर कार्य गर्नुहोस्। नोकरी वा पेशामा निर्णयलिँदा विवेकपूर्ण ढंगबाट लिनुहोला। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>