राजनीति

ओली रहुन्जेल वामपन्थी एकता हुँदैनः प्रचण्ड

Banner

जनकपुर,माघ २८-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन्। सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले देशको स्थिति सहज रुपमा अघि बढ्न नसकेको बताए। उनले अध्यादेश राष्ट्रिय सभामा बहुमत पुर्‍याउन नसक्दा अघि बढ्न नसकेको बताए।

उनले जनता समाजवादी पार्टीले आफ्नो मुद्दा छोडेर समर्थन नगरेको खण्डमा अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने जिकिर गरे। उनले दुई तिहाईको सरकार अध्यादेशको बाटोमा जानु नै गलत रहेको बताए।

उनले भने, ‘अहिले स्थिति त्यति सहज हुँदै गइरहेको छैन। सदन शुरु भएको छ। सदनमा अध्यादेश प्रश्तुत भएका छन् तर ति रोकिएका छन्। तपाईंहरुले राष्ट्रिय सभाको स्थिति बुझिराख्नुभएकै होला। त्यहाँ अहिले अगाडि बढ्न सकिरहेको स्थिति छैन। सरकारले जसरी एउटा गलत नियतले सदन बोलाउनुपर्ने बेलामा अध्यादेश ल्यायो। राष्ट्रिय सभामा बहुमत पुर्‍याउन पनि कठिन छ। राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दै छ। एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालका कम्युनिष्ट एकता, वामपन्थी एकता सम्भव छैन।’

अध्यक्ष दाहालले सरकारमा आफूहरुको ध्यान नरहेको दाबी गरे। प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बर्बाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको आरोप लगाए। मधेसी जनताको लागि दुईपटक संसदमा संविधान संशोधनको प्रश्ताव गर्दा प्रधानमन्त्री ओलीले नै रोकोको आरोप लगाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>