राजनीति
एआईजी रवीन्द्र केसीले दिए राजीनामा
०

काठमाडौं,माघ २७-
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । आउँदो चैत ५ गतेसम्म सेवा अवधि रहेका उनले राजीनामा दिएका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार एआईजी केसीले शुक्रबार नै राजीनामा बुझाइसकेका छन् । उनी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छन् । एआईजी केसी हालका प्रहरी प्रमुख, आईजीपी बसन्तबहादुर कुँवरकै ब्याजी हुन् ।
उनको राजीनामा पत्र अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि उनी अवकाशमा जानेछन् । सामान्यतयाः सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने प्रचलन छ । भोलि सोमबार मन्त्रिपरिषद् बैठक बसेमा भोलि नै उनको राजीनामा बैठकमा पेस हुनेछ ।
गत पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गरेको थियो ।