राजनीति

हामी मिले, कसैले हराउन सक्दैन: सभापति देउवा

Banner

काठमाडौँ, माघ २७-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भित्र बलियो एकता हुन सके कांग्रेसलाई कुनै पनि शक्तिले परास्त गर्न नसक्ने बताएका छन्। उनले पार्टी भित्र बलियो एकता जरुरी रहेको बताउँदै कार्यकर्ताहरूलाई एक हुन निर्देशन दिए।

कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सभापति देउवाले भने ‘हामी मिले हामीलाई कसैले पनि हराउन सक्दैन, पार्टी भित्र एकता हुन जरुरी छ।’ उनले पार्टी भित्र बलियो एकता कायम हुन सके कुनै पनि निर्वाचनमा कांग्रेसलाई कसैले पनि हराउन नसक्ने दाबी गरे।

पार्टीलाई बलियो बनाउनका लागि विकासका काममा समेत कांग्रेसका नेता तथा कार्यकर्ताहरू एक बन्नु पर्ने समेत देउवाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>