राजनीति

हामी तुरून्तै प्रधानमन्त्री र मन्त्री बन्न राजनीतिमा आएको होइनः सिके राउत

Banner

काठमाडौँ, माघ २७-

जनमत पार्टीका अध्यक्ष सिके राउतले तत्काल प्रधानमन्त्री र मन्त्री बन्न राजनीतिमा नलागेको बताएका छन्।

नयाँ पार्टी जो-सुकैको नेतृत्वमा पनि धैर्यता चाहिने उनको भनाइ छ।

काठमाडौंमा आइतबार नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष राउतले भने, ‘जुनसुकै नयाँ पार्टीका कुरामा म भन्न चाहन्छु, त्यो धैयर्ता हामी नेतृत्व वर्गमा चाहिन्छ, हामी तुरून्तै प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि आएका होइन, हामीले विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौं। त्यसमा समय लाग्छ त्यो यत्तिकै रातारात हुनेकुरा होइन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>