राजनीति

बाबुरामजी तपाईंकै वर्गले अलग्याए, चिन्ता नगर्नुस् हामी मिलाउँछौंः रेशम

Banner

काठमाडौँ, माघ २७-

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा। बाबुराम भट्टराईलाई आफ्नै वर्गबाट अलग्गिन परे पनि चिन्ता नगर्न आग्रह गरेका छन् ।

आइतबारबाट काठमाडौंमा चलिरहेको नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा चौधरीले आफूहरूले बाबुराम भट्टराई नभई बाबुराम नेपाली चाहेको बताए ।

‘‘बाबुरामजी के गर्नु तपाईं विधि विधान सबै मिलाउन जान्ने व्यक्ति । तपाईंलाई तपाईंकै वर्गले अलग्याए । चिन्ता नगर्नोस् तपाईं रत्तिभर चिन्ता नगर्नुस्,’ चौधरीले सम्बोधनको क्रममा भने, ‘हामी तपाईंलाई मिलाउँछौं । हामी तपाईंलाई बाबुराम भट्टराई होइन, बाबुराम नेपाली बनाउन चाहन्छौं । हामीलाई नेपाली बाबुराम चाहिएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>