राजनीति

महिलाको ‘नो मिन्स नो नै हुन्छ’ भन्ने युवा पुस्तालाई बुझाइयोस्ः सांसद चन्द

Banner

काठमाडौँ, माघ २७-

नेकपा माओवादी केन्द्रकी सांसद रेनु चन्दले महिलाको ‘नो मिन्स नो नै हुन्छ’ भन्ने कुरा नयाँ पुस्तालाई बुझाउन आवश्यक रहेको बताएकी छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा लिएर बोल्दै उनले यस्तो बताएकी हुन् । अछाममा दुई जना किशोरीको हत्या दुई जना किशोरहरूले हत्या गरेको घटना स्मरण गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनेकी छन्, ‘यहाँ कानुनको साथसाथै शिक्षा, स्थानीय सरकार लगायत सबै ठाउँमा गम्भीर भएर काम गर्नुपर्ने अवस्था देखा परेको छ । महिलाको नो मिन्स नो नै हुन्छ भन्ने कुरा आजका युवा पुस्तालाई राज्यले बुझाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>