Breaking News

चितवन अदालतले भन्यो ‘रवि कसुरमा संलग्नता नरहेको भन्न सकिएन’

Banner

चितवन, माघ २४

चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्नता छैन भन्ने आधार नभेटिएको बताएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई तत्कालका प्रमाणका आधारमा निदोष छन् भन्ने आधार नभेटिएको बताएको हो ।

‘प्रतिवादी रवि लामिछानेको दाबीको कसूरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमान बुज्दै जाँदा ठहरेवमोजिम हुने छ’, आदेशमा भनिएको छ ।
साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा रकम आएको भन्ने मिसिल संलग्न चेकको प्रतिलिपीबाट देखिएको अदालतले बताएको छ । छबिलाल जोशी र कुमार रम्तेलले लामिछानेलाई समेत पोल गरी वयान गरेको ढकालको इजलाशले बताएको छ ।

‘निज प्रतिवादीले मौकामा अनुसन्धान अधिकारी समक्ष बयान गर्दा समेत आफु निर्दोष रहेको भनी कसूरमा इन्कार रहेतापनि निजले अनुसन्धान अधिकारी समक्षकै बयानमा आफु गोर्खा मिडिया नेटवर्कमा प्रवन्ध निर्देशक रही काम गरेको, आफुलाई सो प्रा.लि.मा १५ प्रतिशत शेयर प्राप्त भएको, कम्पनीका चेकहरुमा आफुले हस्ताक्षर गरी विभिन्न व्यक्ति र संस्थालाई दिएको, आफ्नो कार्यकालमा धेरै चेकहरु जारी भएको, ती चेकहरु अध्यक्ष गीतेन्द्रबाबु राईको निर्देशन पालना गरी जारी गरिएको भनी बयानमा उल्लेख गरेको, गीतेन्द्रबाबु राई समेत मुल मुद्दामा प्रतिवादी रहेको देखिएको’, आदेशमा भनिएको छ । तत्कालिन आधार प्रमाणका आधारमा ५४ लाख धरौटीमा छाड्न चितवन अदालतले आदेश दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>