राजनीति

बाबुरामको राजनीतिक प्रस्ताव सचिवालयबाट स्वीकृत

Banner

काठमाडौँ, माघ २३-

नेसपा (नयाँ शक्ति) को केन्द्रीय सचिवालयले पार्टी अध्यक्ष डा। बाबुराम भट्टराईको राजनीतिक प्रस्ताव स्वीकृत गरेको छ।

बुधबार (आज) बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष भट्टराईको ‘नयाँ युगको नयाँ कार्यभार: वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकको प्रस्ताव स्वीकृत गरेको हो।

प्रस्तावमा नयाँ युगको नयाँ चुनौती र सम्भावना, नयाँ युगमा नेपालको अवस्था, नेपालमा वैकल्पिक राजनीतिका प्रमुख कार्यभार, वैकल्पिक पार्टीको संगठनात्मक सिद्धान्त, संरचना र आधारहरू, पार्टीको तत्कालीन कार्ययोजनालगायतका विषय समेटिएका छन्।

नयाँ शक्तिको पहिलो महाधिवेशन आगामी माघ २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>