राजनीति

पूर्वउपराष्ट्रपति पुन सक्रिय राजनीतिमा फर्किए

Banner

काठमाडौँ, माघ २१

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) को सक्रिय राजनीतिमा फर्किएका छन्। सोमबार (आज) बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले उनलाई पार्टीको आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी दिएको छ।

पहिल्यैदेखि पार्टीको विभिन्न समिति बैठकहरूमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आएका पुन आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी पाएसँगै औपचारिक रूपमा पार्टीको सक्रिय राजनीतिमा फर्किएका हुन्।

पुन २०७२ कात्तिकदेखि २०७९ सम्म दुई कार्यकाल उपराष्ट्रपति बने। २०७९ को चैतमा रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उनी बिदा भएका थिए। उनी डेढ वर्षजति चुपचाप नै बसे। अब भने उनी सक्रिय राजनीतिमा फर्किएका छन्।

त्यसो त उपराष्ट्रपति भइसकेका पुनलाई सक्रिय राजनीतिमा फर्काउन नहुने आवाज पार्टीभित्र ठूलो थियो। अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष बनाउने वचन दिइसकेका थिए। तर, पार्टीभित्र सक्रिय राजनीतिमा फर्काउन नहुने आवाज उठेपछि उनी पनि हच्किए।

यसपछि मध्यमार्गी बाटोबाट अध्यक्ष दाहालले पुनलाई पार्टी राजनीतिमा सक्रिय गराएका हुन्। गत पुस २१ गते बसेको केन्द्रीय समितिको बैठकमा बढीजसो केन्द्रीय सदस्यहरूले पुनलाई सक्रिय राजनीतिमा नफर्कन सुझावसमेत दिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>