राजनीति
माओवादीमा प्रवेश गर्नेको लहर देशव्यापी चलेको छ: प्रचण्ड

काठमाडौं, माघ २१-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशव्यापीरूपमा माओवादी प्रवेशको लहर चलेको दाबी गरेका छन् । खुमलटारमा प्रभु साह नेतृत्वको आम जनता पार्टीका केन्द्रीय सचिव बाबुराम कौशिकसहित विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्ने नेता कार्यकर्तालाई स्वागत गर्दै उनले भने, ‘अहिले देशैभरीम माओवादी प्रवेशको लहर चलेको छ । सबैलाई एकताबद्ध र ध्रुवीकृत हुन आह्वान गर्छु । अब पार्टी प्रवेश गर्नेहरूलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउनुपर्छ ।’
विचार मिल्नेहरूसँग एकताका लागि पनि पहल भइरहेको उनको भनाइ छ । यस्तै माओवादी प्रवेश गर्नेहरूमा आजपा स्थायी समिति सदस्य कदम रसुल, व्यापार महासंघका पूर्वकेन्द्रीय सदस्य वीरबहादुर विदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य शत्रुघन गिरी, आजपाका प्रदेश सदस्यहरू अवताव अहमद, सजिव गुप्ता, दिलिप गुप्तालगायत छन् ।