राजनीति

नेपालमा समाजवाद ल्याउन नसकिए मलाई मृत्युदण्ड दिइयोस्ः वामदेव गौतम

Banner

काठमाडौं, माघ २१-

राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् भन्ने माग गरेका छन् ।

राष्ट्रिय सभा बैठकमा आइतवार सम्बोधन गर्ने क्रममा राष्ट्रपतिबाट मनोनित भएका सांसद तथा नेकपा एकता अभियानका नेता गौतमले वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको बताए ।

गौतमले भने, ‘समाजवाद निर्माण गर्नका लागि म आफूलाई दाउमा राख्न चाहान्छु । यदि समाजवाद निर्माण गर्न सकिएन भने मलाई मृत्युदण्ड दिइयोस् । वर्ष तोकेर समाजवाद निर्माण गर्न सकिएन भने मलाई फाँसीमा चढाए हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>