राजनीति

राष्ट्रिय सभा बैठक चलिरहँदा ढले कांग्रेस सांसद भट्ट

Banner

काठमाडौँ, माघ २१-

राष्ट्रिय सभा बैठकमा कांग्रेसका सांसद नारायणदत्त भट्ट ढलेका छन्। आइतबार राष्ट्रिय सभा बैठकमा भाग लिन गएका भट्ट बैठक चलिरहँदा ढलेका हुन्।

शून्य समय चल्दै गर्दा भट्टलाई एक्कासि चक्कर लागेको थियो। चक्कर लागेका भट्टलाई कांग्रेसका सांसद किरणबाबु श्रेष्ठ लगायतले डोहोर्‍याउँदै बैठक कक्ष बाहिर लगेका थिए। भट्टलाई संघीय संसद भवन परिपरमै उपचार गराइएको छ।

उनले आजको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए । भट्टको स्वास्थ्यमा समस्या देखिएपछि उनको सट्टामा बोल्न कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटालाई समय दिइएको छ। फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>