राजनीति

राजनीतिबारे गलत भाष्य बनाउन खोजिँदैछः उपप्रधानमन्त्री सिंह

Banner

काठमाडौँ, माघ १९-

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिबारे गलत भाष्य निर्माण गर्न खोजिएको बताउनुभएको छ ।

विश्व निकेतन माविको ७९औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले पढाइ तथा अन्य क्षेत्रमा अब्बल भएकाका लागि प्रशस्त ठाउँ रहेको बताउनुभयो । “राजनीतिलाई देखाएर यहाँ केही हुँदैन भनेर विदेश जाने प्रवृत्ति बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

विश्व निकेतन मावि उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै देशका सबै विद्यालयका लागि नमूना बनेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । विद्यालयको स्थापनामा आफ्ना पिता गणेशमान सिंहको स्मृतिसमेत जोडिएको उल्लेख गर्दै उहाँले विद्यालयको उत्थानका लागि सक्दो सहयोग गर्दैआएको बताउनुभयो ।

विसं २००३ मा एउटा सत्तलबाट पठनपाठनको सुरुआत भएको उक्त विद्यालयले उत्कृष्ट शैक्षिक नतिजा दिँदैआएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>