राजनीति
विदेशमा काण्ड मच्चाएकाहरु ठूलो नेता बन्छु भनेर लागेका छन्ः उपप्रधानमन्त्री सिंह
०

काठमाडौं, माघ १९-
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गरेर विदेशमा ठूल्ठूला काण्ड गरेर ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेको टिप्पणी गरेका छन् ।
विश्व निकेतन माध्यमिक विद्यालयको ७९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘यहाँ अनेकौं मान्छेहरु आउँछन् । चटकेहरु पनि आउँछन् । विदेशमा गएर ठूल्ठूलो काण्ड गरेर नेपाल फर्किएर अनि ठूलो नेता बन्न मान्छेहरु नआएका होइनन्, आइराख्छन् । तपाईंहरु छान्ने काममा चुक्नुभयो भने हामीले प्राप्त गरेका अधिकारहरु सुरक्षित र संवर्द्धित गरेर त्यसको आधारमा लैजानुपर्छ । त्यसका लागि जनताले छानेको प्रतिनिधि हुनुपर्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























