गोरखा

आफैं चढेको ट्याक्टरले किचेर गोरखाका १८ वर्षीय युवाको मृत्यु

Banner

गोरखा, माघ १८-

गोरखामा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । आफैं चढेको ट्याक्टरले किचेर आरुघाट गाउँपालिका–५ भलछोपेका १८ वर्षीय रामबहादुर रानाको मृत्यु भएको हो ।

ना ६ त ९६३० नम्बरको ट्याक्टर चढेर आर्खेतबाट माछीखोला जाने क्रममा ट्याक्टरबाट खस्न गई पछाडिको पाङ्‍ग्राले कुल्चिएर उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनका अनुसार शव पोष्टमार्टमका लागि आरुघाट आधारभूत अस्पतालमा राखिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>