राजनीति
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
०

काठमाडौं, माघ १८-
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान साढे ८ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो ।
आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
यसअघि बसेको दलको बैठकमा बोल्न बाँकी सांसदहरुले आज धारणा राखिसकेपछि मन्त्रीहरुले जवाफ दिनेछन् । मन्त्रीहरुले आफूले गरेका कामबारे सांसदहरुलाई जानकारी पनि गराउने छन् ।
संसदीय दलको बैठकमा यसअघि २० सांसदले बोलिसकेका छन् । साथै, अध्यादेशको अन्तरवस्तुबारे महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखकले सांसदहरुलाई जानकारी गराइसकेका छन् । कानुन सुधार सुझाव कार्यदलका तीन सदस्यले कानुनमा रहेका व्यवस्था र सुधार गर्नुपरेका कारणहरू पनि सुनाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























