अन्तर्राष्ट्रिय

महाकुम्भमा मृतकको संख्या ३० पुग्यो

Banner

काठमाडौं,माघ १६-

प्रयागराज महाकुम्भमा मंगलबार मध्यराति भएको भागदौडपछि मृत्यु हुनेको संख्या ३० पुगेको छ। यद्यपि, यो संख्या बढ्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।  सरकारले ३० जनाको मृत्यु पुष्टि गरे पनि दैनिक भास्कारका अनुसार ३५ देखि ४० जनाको मृत्यु भएको जनाएको छ। साथै आँकडा बढ्ने क्रममा रहेको छ।

मृतक मध्ये २५ जनाको सनाखत भएको छ भने ९० बढी घाइतेहरुको उपचार भइरहेको छ। बेरिकेड टुटेपछि भागदौड मच्चिएको जनाइएको छ। भागदौड मंगलबार राती करीब २ बजे तीर संगम तटमा मौनी अमावस्या को अमृत स्नानका लागि पर्खाइ गरिरहेका श्रदालुहरुबीच भएको थियो। अझैपनि यो घटना कसरी र किन भएको थियो भन्ने बारे राज्य सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>