खेलकुद

महिला टी २० श्रृंखलाका खेलका लागि त्रिवि मैदानमा प्रवेश निःशुल्क

Banner

काठमाडौं, माघ १५-

आगामी बिहीबारदेखि काठमाडौंमा सुरू हुने नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी २०आई श्रृंखलाका खेलहरू हेर्न प्रवेश निस्शुल्क गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सबै खेलहरू टिकटबिना निःशुल्क हेर्न सकिने प्रबन्ध मिलाएको हो । क्यानले श्रृंखलाभर नेपाली महिला क्रिकेट टोलीलाई समर्थन गर्न आह्‍वान गर्दै टिकटबिना प्रवेश गर्न पाइने जनाएको छ ।

जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३ ३ खेल खेल्ने छन् । नेपाली महिला टोलीको नेदरल्याण्ड्ससँग पहिलो अनुभव हुनेछ । पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्याण्ड्सको बीचमा हुनेछ । त्यसैगरी नेदरल्याण्ड्स र थाइल्याण्डले ३१ जनवरीमा खेल्ने छन् भने फेब्रुअरी १ मा नेपाल र थाइल्याण्ड खेल्ने छन् । त्यसपछि ७ फेब्रुअरीसम्म लगातार सोही क्रमका खेलहरू हुनेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>