राजनीति
साथीहरूलाई एकताको विरोधीचाहिँ प्रचण्ड नै हो कि भन्ने पनि लाग्नसक्छ,तर, त्यो सत्य होइनः अध्यक्ष दाहाल
०

काठमाडौँ, माघ १५-
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चासम्बद्ध चार दलहरूका बीचमा पार्टी एकता हुनुपर्ने आवश्यकता औँल्याएका छन्। मङ्गलबार (आज) काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित विचार सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘साथीहरूलाई एकताको विरोधीचाहिँ प्रचण्ड नै हो कि भन्ने पनि लाग्नसक्छ। तर, त्यो सत्य होइन। म एकताकै पक्षमा हो। समाजवादी मोर्चामा चार दल छौँ। हामीबीच एकता हुनुपर्छ, यो आवश्यकता छ, उनले भने।’
तर, एकताका लागि विचार र राजनीतिक मुद्दाहरूमा एउटा हदसम्म सहमति हुनुपर्ने बताए। हतारमा एकता गर्दा के हुन्छ, त्यसका पनि हामी भुक्तभोगी हौँ, उनले भने, त्यसकारण न्यूनतम एउटा सहमति हुनैपर्छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























