राजनीति
सोबिता गौतमले भनिन्ः अपराध पुष्टि नै नभई पक्राउ गरेर थुन्नु मानव अधिकारको उल्लंघन हो
०

काठमाडौं, माघ १५-
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सरकारले कानुनको दुरुपयोग गरेर मानव अधिकार उल्लंघन गरिरहेको आरोप लगाएकी छिन् ।
मंगलबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाएकी हुन् ।
अभियोग लगाउनुपर्ने कारण भए नथुनिकन पनि राज्यले अभियोजन लगाउन सक्ने कानुनी व्यवस्था भएपनि लामो समयसम्म थुनेर मात्र अभियोजन लगाउने प्रवृत्तिको विकास भएको उनले बताइन् ।
‘राज्यले अभियोजन गर्न पाउँछ तर थुनेर मात्रै र कानुनअनुसार आवश्यकता पर्दा अनुसन्धान प्रयोजनका लागि थुन भनेकोमा सरकार पक्षबाट कानुनको दुरुपयोग गरेर कानुनी हिसाबले थुन्न पाउँदासम्म थुन्ने अनि बल्ल अभियोजन गर्ने काम भइरहेको छ । यो मानव अधिकारको गम्भिर उल्लंघन हो,’ उनले भनिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























