अन्तर्राष्ट्रिय
आफूमाथि मुद्दा चलाउने दर्जन बढी वकिललाई ट्रम्पले गरे बर्खास्त
०

काठमाडौँ, माघ १५-
डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि ट्रम्पका विपक्षीमाथि कारबाही सुरु भएको छ। यस अन्तर्गत अमेरिकी न्याय विभागका एक दर्जनभन्दा बढी वकिललाई जागिरबाट निकालिएको बताइएको छ।
जागिरबाट बर्खास्त गरिएकामा डोनाल्ड ट्रम्पविरुद्धको मुद्दाको कारबाहीमा संलग्न व्यक्तिहरू पर्छन्। न्याय विभागका विशेष अभियोजक ज्याक स्मिथको टोली सबैभन्दा बढी प्रभावित भएको छ। ठूलो संख्यामा वकिलहरूलाई आफ्नो जागिरबाट हटाइएपछि अमेरिकी न्याय विभाग उथलपुथलको अवधिबाट गुज्रिरहेको छ। एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























