राजनीति

समाजवादी मोर्चाको बृहत अन्तरक्रिया कार्यक्रम आज

Banner

काठमाडौं, माघ १५-

समाजवादी मोर्चाले आज बृहत अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा दिउँसो १२ बजेबाट सो कार्य्रकम सुरू हुनेछ ।

‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शिर्षकमा सो कार्यक्रम राखिएको हो ।  समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।

भोलीका लागि तय गरिएको कार्यक्रम एक दिन अगाडी सारेर आज राखिएको हो । गत माघ २ गते बसेको मोर्चाको बैठकले सहिद दिवसको अवसरमा माघ १६ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>