राजनीति

‘धरौटी आदेश’ बदरको माग राख्दै रविले दिए उच्च अदालतमा निवदेन

Banner

काठमाडौं, माघ १४-

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले दिएको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत पोखरामा दिएको निवेदन दर्ता भएको छ।

उनले आफूलाई साधारण तारेखमा छाड्न माग गर्दै पुस २५ गते जिल्ला अदालतले तोकेको ६५ लाख धरौटीको आदेश बदर गर्न मागसहित निवेदन दर्ता गराएका हुन्।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत पुस २५ गते लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उक्त आदेशप्रति असन्तुष्टि जनाउँदै लामिछानेले फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार उच्च अदालतमा पुनरावलोकन माग गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>