राजनीति

भिजनबिनाको मान्छेलाई नेता नसम्झनु ! त्यो ठग हो: हर्क

Banner

काठमाडौँ, माघ १४-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छोड्न आदेश गरेपछि धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले फेसबुकमा स्टाटस लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा हिजो (आइतबार) राति साम्पाङले भिजनबिनाको मान्छेलाई नेता नसम्झनु !त्यो ठग हो भन्दै स्टाटस लेखेका हुन् । त्यसपछि उनले फेरि अर्को स्टाटस लेखे ‘चोर, डाका, लुटेरा र ठगमध्ये कसलाई भोट दिने भनेर नेपाली अलमलमा परे, यता भीर उता खाडी भने जस्तो भयो !’

यस्तै उनले यसमा कसैको नाम नलिएको भएपनि यो कुरा रवि लक्षित नै भएको देखिन्छ। सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा छोड्न आदेश दिएको केही घण्टामा नै साम्पाङको यस्तो प्रतिकृया आएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>