राजनीति

अध्यादेशबारे एक ढिक्का हुनको लागि तयारी गर्दै कांग्रेस

Banner

काठमाडौं, माघ १३

नेपाली कांग्रेसले पार्टी एक ढिक्का रहेको सन्देश दिन संसद बैठकअघि पूर्वतयारी गरेको छ। समसामयिक राजनीति, एमालेसँगको समीकरण र सरकारका कामकारबाही लगायतबारे असन्तुष्टि भए पार्टीकै आन्तरिक फोरममा राख्न सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन्।

कांग्रेसले शनिबार संसदीय दल कार्यसमिति, पदाधिकारी र मन्त्रीहरूसँग छलफल गर्‍यो। छलफललाई आइतबार पनि निरन्तरता दिएको कांग्रेसले संसदीय दल बैठक राखेर सरकारले ल्याएका पाँच वटा अध्यादेशका अन्तरवस्तुबारे सांसदहरूलाई पढाएको छ। सोमबार भने सांसदहरूले आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्दै संघीय सरकारमा गएका १० मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारका कामकारबाही केन्द्रित प्रश्न सोधेर जबाफ खोज्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>