राजनीति

रविको मुद्दामा बहस सकियो आजै आदेशको तयारी

Banner

काठमाडौं, माघ १३-

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेसहितका प्रतिवादीको मुद्दामा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस सम्पन्न भएको छ।

सरकारी वकिल, जाहेरवालाको तर्फका कानुन व्यवसायी र प्रतिवादीका वकिलबीच थुनछेक बहस सकिएपछि जवाफी बहस गरिएको हो। यो मुद्दा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा सुनुवाइ भएको हो।

अदालतले जवाफी बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्नेबारे आजै आदेश दिने सम्भावना छ।

यसअघि, रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेको थियो भने कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>