राजनीति
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि
०

काठमाडौं, माघ ११-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक आजदेखि शुरु हुँदैछ ।
बैठक धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुने पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षालगायत विविध एजेण्डा तथा कार्ययोजनामाथि छलफल गर्ने तयारी छ ।
बैठक शनिबार सकिने राप्रपाले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























