राजनीति

एमाले चौतर्फी घेराबन्दी तोडेर अघि बढिरहेको छः उपमहासचिव ज्ञवाली

Banner

गोरखा, माघ १०-

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभागका प्रमुख एवं उपमहासचिव प्रदीप ज्ञवालीले एमाले चौतर्फी घेरबन्दी तोडेरअघि बढिरहेको बताउनुभएको छ ।

एमाले जिल्ला कमिटी गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा उहाँले विगतदेखि नै एमालेमाथि विभिन्न ढङ्गबाट घेराबन्दीको प्रयास भइरहेको भन्दै सबै खालका जटिलतालाई तोडेर पार्टी अहिलेको अवस्थासम्म आइपुगेको उल्लेख गर्नुभयो ।

“विगतमा जहाँ हामीले निर्वाचनमा सहभागी नै हुन पाउँदैनौँ थियौ, त्यहाँ अहिले हाम्रो राम्रो उपस्थिति छ”, उहाँले भन्नुभयो, “त्यस्ता ठाउँमा पनि हामीले निर्वाचन जितेका छौँ, हामी नभए पनि हुन्छ भन्ने स्थानमा अहिले हामीविना नभई नहुने अवस्था बनेको छ ।”

उहाँले विसं २०४८ देखि नै देशभर पार्टीको ‘ग्राफ’ निरन्तर उकालो लाग्दै गएको उल्लेख गर्नुभयो । गत निर्वाचनलाई हेर्दा देशभरका ४४ जिल्लामा समानुपातिक मतका आधारमा एमाले पार्टी पहिलो र २४ जिल्लामा दोस्रो रहेकोे उल्लेख गर्नुहुँदै उहाँले गोरखा जिल्लामा पार्टीको स्थितिलाई बदल्नुपर्ने अवस्था रहेकोमा जोड दिनुभयो । “सधैँभरि एउटा तरिकाबाट हिँडेर गन्तव्यमा पुगिएन भने शैली र तौरतरिका बदल्नु पर्छ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो, “यसका निम्ति सकारात्मक ढङ्गले सोचेर अघि बढ्नुहोस् ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>