राजनीति

२५ प्रतिशतले संसद् बोलाउन पाइन्छ, भोलि-पर्सि नै बोलाउँछौं: अग्नि सापकोटा

Banner

काठमाडौं, माघ ५-

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसद् नबोलाए आफूहरू केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन् ।

संघीय संसद्‌मा प्रतिनिधित्व गर्नेमध्ये २५ प्रतिशतले संसद् बोलाउन पाउने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै पूर्वसभामुख समेत रहेका सापकोटाले यस्तो बताएका हुन् ।

विपक्षी दलहरूले त्यसको तयारी गरिरहेको र सातवटै प्रदेशमा विशेष अधिवेशन बोलाउने पनि उनले जिकिर गरे ।

‘अब बानेश्वरमा ३२ जनाले आगो बाल्नेछन् । सबै विपक्षी मोर्चाहरूको बैठक तपाईंहरूले सुनिरहनु भएको छ, सदन बोलाएन भने,’ सापकोटाले भने, ‘संविधानमा व्यवस्था छ, २५ प्रतिशतले सदन बोलाउन पाइन्छ । अब हामी बोलाएनन् भने भोलि पर्सि नै सदन बोलाउनेछौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>