राजनीति
रास्वपाले गर्यो कोसी प्रदेश सभापति तिम्सिनालाई निलम्बन
०

काठमाडौं,माघ ४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कोसी प्रदेश सभापति तथा प्रदेश समिति सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ । रास्वपाले शुक्रबार तिम्सिनालाई निलम्बनको पत्र पठाएको हो । केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ नियम ४.१ (ख)को नियम ४.१.१ (ख) तथा नियम ६.२.३ (झ) को अनुसार निलम्बन गरिएको छ,पत्रमा भनिएको छ । पार्टीको कोसी प्रदेश सदस्यहरू, पदाधिकारी तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरीपाउँ भनि केन्द्रीय अनुशासन आयोग आयोगसमक्ष दिएको उजुरी र त्यसपछिको स्थलगत मूल्यांकनपछि तिम्सिनालाई निलम्बन गरिएको रास्वपाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























