राजनीति

कोशी प्रदेशका सभापतिलाई रास्वपाले निलम्बनमा गर्‍यो

Banner

काठमाडौं, माघ ४-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ । निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन पत्र लेखेको र प्रदेशमा सांगठनिक काममा ध्यान नदिएको कारण देखाउँदै रास्वपाले तिम्सिनलाई पार्टीबाट निलम्बन गरेको हो ।

गत १७ पुसमा पूर्व महामन्त्री ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए । पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले नियमावली २०८० को परिच्छेद ४ को नियमका आधारमा उनलाई निलम्बन गरिएको जानकारी गराएका छन् ।

ढकाललाई निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको कोशीका सभापति तिम्सिनाले पत्रमा उल्लेख गरेका थिए । तिम्सिनाले पूर्व महामन्त्री ढकाललाई पार्टीबाट हटाउनका लागि गरेको निर्णयको हस्ताक्षर फिर्ता लिएको समेत पत्रमा लेखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>