राजनीति
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं,माघ २-
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको टीकाथली बस्ने ललित केसी रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । परिसरका प्रमुख, एसएसपी बसन्त रजौरेका अनुसार पक्राउ परेका केसीमाथि थप अनुसन्धान भइरहेको छ ।
‘प्रारम्भिक अनुसन्धानमा ललित केसीलाई पक्राउ गरेका हौं। थप अनुसन्धान हुँदैछ’, एसएसपी रजौरेले भने । बुधबार वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत अगाडि हातपात गरिएको थियो । हातपातमा संलग्न बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ । वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले हातपात गरेको बताइएको छ । रास्वपाले भने आफ्ना कार्यकर्ताको संलग्नता देखिए कारबाही गर्ने बताएको छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको हातपातको घटनाबारे काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले आपत्ति जनाएको छ ।

























