कावासोती
रोटरी क्लब अफ गैडाकोटद्धारा स्वास्थ्य चौकीलाई बेड प्रदान
चितवन, पुस १७
रोटरी क्लवअफ गैँडाकोटले पूर्वी नवलपरासीको गैँडाकोटमा निकट भविष्यमै सञ्चालनमा आउन लागेको आधारभूत अस्पतालका लागि पाँच थान बेड सहयोग गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ मा अवस्थित गैँडाकोट स्वास्थ्य चौकिमा मंगलबार विहान आयोजित एक कार्यक्रममा रोटरी क्लवअफ गैँडाकोटले माघको दोस्रो सातादेखि सञ्चालनको तयारीमा रहेको गैँडाकोट आधारभूत अस्पताललाई पाँचवटा बेड सहयोग गरेको हो ।
क्लवका अध्यक्ष रमेश काफ्लेको अध्यक्षता तथा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोटरी इन्टरनेशल नेपालका एसीस्टेन्ट गर्भनर अशोक कुमार बस्नेत विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रमा बोल्दै गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकरीले सामाजिक उत्तरदायित्व अन्तगर्त रोटरीक्लवले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले अस्पताल जस्तो क्षेत्रमा रोटरीले सहयोग गरेको भन्दै धन्यवाद दिनुभभयो । क्लवका अध्यक्ष रमेश काफ्ले रोटरीयनहरुको व्यक्तिगत सहयोगमा आधारभूत अस्पतालका लागि बेड सहयोग गरिएको बताउनुभयो । रोटरी क्लवअफ गैँडाकोटका सचिव गोविन्द कंडेल सञ्चालन गर्नुभएको कार्यक्रममा क्लवका पूर्वअध्यक्ष तथा भरतपुर अस्पतालका वरिष्ठ चिकित्सक डा. प्रमोद पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।