खेलकुद

यु–१९ एसिया कपका लागि टोली घोषणा

Banner

काठमाडौँ,मंसिर २५-

एसिसी महिला यु–१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एसिसी महिला यु–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरेको हो ।

पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा अन्य खेलाडीमा, साना प्रवीन, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत छन् ।

महिला यु–१९ एसिया कप यही मङ्सिर ३० देखि आगामी पुस ७ गतेसम्म मलेसियामा हुँदैछ । गत कात्तिकमा युनाइटेड अरब इमिरेट्स ९युएई०मा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो । सोही प्रतियोगिताबाट नेपालले एसिया कपमा पनि स्थान बनाएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>